संक्रमण बढेपछि केरलामा मास्क नलाउनेलाई ५ हजार जरिवाना

संक्रमण बढेपछि केरलामा मास्क नलाउनेलाई ५ हजार जरिवाना


भारतको केरला राज्यमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने त्यहाँको वयानाद प्रहरीले जनाएको छ ।

वयानाद प्रहरी प्रमुखले बुधबार (२९ अप्रिल) जानकारी दिएअनुसार केरला प्रहरी ऐनमा भएको व्यवस्थामा टेकेर नै मास्क नलगाउने सबै नागरिकलाई जरिवाना गराइने नीति लिइएको हो । सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना गरिने बताइएको छ ।

पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दूरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका बिरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ ।