कोरोनाका कारण मृत्यु हुनेमा पुरुषको सङ्ख्या ज्यादा

कोरोनाका कारण मृत्यु हुनेमा पुरुषको सङ्ख्या ज्यादा


कोभिड–१९ महामारीबाट हालसम्म विश्वका २ लाख ३२ हजार ८ सय १७ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर सङ्क्रमित सङ्ख्या ३२ हजार नाघेको बताइएको छ ।

यस महामारीबाट सबभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । अमेरिकामा ६३ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ भने दोस्रो नम्बरमा रहेको इटालीमा मृतक सङ्ख्या २७ हजार ९ सय ६७ रहेको छ ।

यस्तै, कोरोना भाइरसबाट भारतमा ३० अप्रिलसम्ममा १ हजार ७४ व्यक्तिले ज्यान गुमाएका छन् । यसमा ६५ प्रतिशत सङ्ख्या पुरुषको रहेको बताइएको छ । विश्वभरको आँकडाले यो रोगबाट महिलाको तुलनामा पुरुषको ज्यादा मृत्यु भएको देखिएको छ ।

यस महामारीको सन्दर्भमा एउटा रोचक सन्दर्भ यो छ कि अमेरिकी गुप्तचर एजेन्सीहरूले कोरोना भाइरस कसैले जानीबुझी कृत्रिम ढङ्गले पैदा नगरेको बताइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ यो भाइरस चीनको वुहान शहरमा एक ल्याबमा पैदा गरिएको रट लगाइरहेका छन् ।