मध्य अफ्रिकामा दुई ओटा सशस्त्र समूहका बीचमा भएको भीडन्तका क्रममा ५० भन्दा बढीको मृत्यु भएको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा गत बुधबार भीडन्त भएको स्थानीय सञ्चार माध्यमहरूले शुक्रबार (१ मई) जनाएका छन् ।
दुई पक्षीय भीडन्त एनडेलको मध्य बजारमै भएको थियो । भीडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मृत्यु भएका मध्ये २५ जना आम नागरिक र अरु २८ जना शसस्त्र विद्रोहीका लडाकु रहेको उनीहरुको भनाइ छ ।
दुई पक्षका बीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म पनि अज्ञात नै रहेको सिन्ह्वा ले जनाएको छ ।
ज्ञातव्य छ, यस क्षेत्रमा बेला–बेलामा यसअघि पनि अन्तर्जातीय द्वन्द्व हुने गरेको थियो । विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो ।
प्रतिक्रिया