विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकैदिन ५ हजार २०० को ज्यान गयो

विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकैदिन ५ हजार २०० को ज्यान गयो


कोरोना भाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति –