उपत्यकाका ग्रामीण क्षेत्रमा निःशुल्क हाइजिन किट वितरण

उपत्यकाका ग्रामीण क्षेत्रमा निःशुल्क हाइजिन किट वितरण


कोरोना संक्रमणको रोकथामको लागि नेपाल आँखा अस्पतालको सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाका साँखु, टोखा, थानकोट र खोकनामा आठ सय घरपरिवारलाई निःशुल्क स्वास्थ्य सामग्री (Hygiene Kit) वितरण गरिएको छ ।

उक्त कार्यक्रम ‘अपरेशन आई साइट युनिभर्सल क्यानडा’को सहयोगमा सञ्चालित भएको र निःशुल्क वितरण गरिएका स्वास्थ्य सामग्री (हाइजिन किट) मा साबुन, हात धुने झोल साबुन, रुमाल, ब्लिचिङ्ग पाउडर, पञ्जासहित किटको प्रयोग गर्ने जानकारी सहितको सूचनामुलक पोष्टर संलग्न रहेको सम्बद्ध पक्षले जनाएको छ ।

सामग्री वितरणको क्रममा घरदैलोमा पुगी कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत संचालन गरिएको थियो । कोरोना भाइरस आँखा नाक र मुखबाट सर्ने भएकोले सोबाट बच्न अपनाउनुपर्ने सावधानी र व्यवहारको बारेमा ग्रामिण भेगका वासिन्दालाई जानकारी गराइएको कार्यक्रमका संयोजक अनिषा गुरुङले जानकारी गराउनुभयो ।

हाइजिन किट वितरण कार्यक्रम स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको समन्वयमा भएको थियो ।