‘कोरोना परास्त गरौँ’

‘कोरोना परास्त गरौँ’


■ भोजराज पाण्डे

आमा बुबा दाजुभाइ दिदीबहिनी सुन
लकडाउनमा बाहिर डुल्दा पर्ला पछि रुन ।

अरुसँग भेट् नगर्दा सुरक्षित भइने
यसो गर्दा कोरोनालाई भगाउन पाइने ।
दूरी राखी कुरा गर्दा डर कत्ति हुन्न
यसो गर्दा कोरोनाले पटक्क नै छुन्न ।

आमा बुवा दाजुभाइ दिदीबहिनी सुन
लकडाउनमा बाहिर डुल्दा पर्ला पछि रुन ।

सुख्खा खोकी, आँउछ ज्वरो, स्वास फेर्न गाह्रो
स्वास्थ्य संस्था कुँदिहालौँ नत्र भोलि साह्रो ।
कर जोडी बिन्ती छ है सबै जनालाई
मिची–मिची हात धोऔँ स्वस्थ रहनलाई ।

आमा बुवा दाजुभाइ दिदीबहिनी सुन
लकडाउनमा बाहिर डुल्दा पर्ला पछि रुन ।

(गीतकार प्रहरी निरीक्षक हुन् ।)