राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा अनिता देवकोटा

राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा अनिता देवकोटा


राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटालाई मनोनयन गरिएको छ । कांग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाद्वारा देवकोटालाई मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम देवकोटालाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

ज्ञातव्य छ, यसअघि राष्ट्रियसभामा काग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।