कपिलवस्तुका थप दशमा कोरोना संक्रमण पुष्टि, देशभरको संख्या १२० पुग्यो

कपिलवस्तुका थप दशमा कोरोना संक्रमण पुष्टि, देशभरको संख्या १२० पुग्यो


कोरोना संक्रमित व्यक्तिको संख्या निरन्तर बढ्ने क्रममा नेपालमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो (२९ वैशाख) जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

अब मुलुकभर संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

डा अधिकारीद्वारा जारी विज्ञप्तिका अनुसार नयाँ संक्रमित सबै कपिलवस्तुका हुन् । यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका-७ र १० का १८, १९, २० (दुई जना), २४, ३०, ३१ र ३४ (दुई जना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो भने एकजना संक्रमितको उमेर खुलेको छैन ।