आजको पञ्चाङ्ग एवम् राशिफल (४ जेठ २०७७ आइतबार, १७ मई २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ जेठ २०७७ आइतबार, १७ मई २०२०)


■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ नेपाल सं. ११४० ग्रीष्म ऋतु प्रमादीनामक संवत्सर वि.सं. २०७७ ज्येष्ठ ४ गते आइतबार तद्अनुसार सन् २०२० मई १७ तारिख ज्येष्ठ कृष्णपक्षको दशमी तिथि १४ः२ पर एकादशी तिथि पूर्वाभाद्रपद नक्षत्र १५ः३० पर उत्तराभाद्रपद नक्षत्र विषकुम्भ योग बब करण आनन्दादिमा चर योग चन्द्रमा कुम्भ राशिमा ८ः५४ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।

आजको राशिफल

मेष – मिठो भोजन मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान–सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा रुचि बढ्ला ।

बृष – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । मान गौरब बढ्नुसँगै वार्तामा पनि सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन – बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट – रसरागमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै लगानी बढ्ला ।

सिंह – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कन्या – साहसिक कर्ममा रुचि बढ्ला । उन्नति पदोन्नति होला । शुभ र भाग्यबर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आर्थिक कार्य बन्नेछ । मान–पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला – शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । साहसिक कर्ममा प्रवृत्ति बढ्ला । ख्याति फैलिनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । मिठो भोजन खान पाउनुहुनेछ । सार्थक कार्यमा आकर्षण बढाउनु बेस होला ।

वृश्चिक – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ ।

धनु – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलामा प्रवृत्ति होला । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर – आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला । दायित्वलाई पूरा गर्नुहुनेछ । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ ।

कुम्भ – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्र सन्तान प्रेमपात्रको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन – बढी प्रयास र परिश्रमले सफलता प्राप्त होला । जोखिममा नपर्नु हितकर रहला । शुभता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भर नबसी आफ्नै बल–विवेकले काम गर्नु हितकर होला । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।