■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्रीशाके १९४२ नेपाल सं. ११४० ग्रीष्म ऋतु वि.सं. २०७७ ज्येष्ठ ७ गते बुधबार तद्अनुसार सन् २०२० मई २० तारिख ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि अश्विनी नक्षत्र आयुष्मान योग २ः४१ पर सौभाग्य योग गर करण ४ः२७ पर भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ । प्रदोषव्रतम् ।
आजको राशिफल :
मेष – दिन शुभ फलदायक र भाग्यवर्द्धक रहला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । उन्नति–पदोन्नति होला । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।
बृष – शुभ काम होला । प्रेममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोद–प्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख सफलता प्राप्त होला । इष्टमित्रको सहयोग मिल्नेछ । सुख–सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आगमन भैरहनेछ ।
मिथुन – धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाब बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव बृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर विवाद आदिमा नपरी आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ ।
कर्कट – आँट उत्साह बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व वृद्धि होला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । साथीभाइको साथ मिल्नेछ ।
सिंह – मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।
कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।
तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । विवाद आदिप्रति सचेत रहनुहोला । अरुको भर नपरेर काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आनन्द आशा उत्साह बढ्ला ।
धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुखशान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला
मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयबर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।
मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता भेटला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । सांझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।
प्रतिक्रिया