सीमानामा अलपत्र शीतगंगावासीको उद्धार

सीमानामा अलपत्र शीतगंगावासीको उद्धार


अर्घाखाँचीको शीतगंगा नगरपालिकाले लामो समयदेखि नेपाल–भारत सीमानामा अलपत्र आफ्ना नागरिकको उद्धार गरेको छ । नगरप्रमुख सूर्यप्रसाद अधिकारीसहित नगरपालिकाको टोलीले शनिबार (१० जेठ) कृष्णनगर नाका र सुनौली नाकामै पुगेर नागरिकको उद्वार गरेका हुन् ।

भारतबाट आएका नेपालीहरु शनिबार मात्रै दुई सयको संख्यामा शीतगंगामा भित्रिएका छन् । तीनओटा बस, दुईओटा टिप्पर, एउटा ट्रक र एक ट्याक्टरबाट उद्धार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट उद्धार गरिएपछि सबैले खुशी व्यक्त गरेका छन् ।