आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेठ २०७७ बिहीबार, ४ जुन २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेठ २०७७ बिहीबार, ४ जुन २०२०)


■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४२ नेपाल सम्वत ११४० ग्रीष्म ऋतु वि.सं. २०७७ ज्येष्ठ २२ गते बिहीबार तद्अनुसार सन् २०२० जुन ४ तारिख ज्येष्ठ शुक्लपक्ष त्रयोदशी तिथि ५ः१० पर चतुर्दशी तिथि विशाखा नक्षत्र शिव योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा तुला राशिमा १२ः५३ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ ।

आजको राशिफल :

मेष – स्वास्थ्य र नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । परिहास–विलासमा रुचि बढ्ला । मान–सम्मानमा ध्यान राख्नुपर्ला । घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभलालचमा पर्नु उचित हुने छैन । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । भूलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्नेछ । लापरवाही गर्नुबाट आज सक्दो बच्नुहोस् ।

बृष – अन्न धन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन – नयाँ–नयाँ सफलता मिल्नेछ । साहसिक क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्वलाई पूरा गर्नुसँगै नयाँ दायित्व पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न भइहाल्नेछ ।

कर्कट – ग्रहगोचर भाग्यवर्धक छ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान बढ्नुको साथै ख्याति पनि फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ नयाँ बाटो देखापर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागिपर्नुहुनेछ ।

सिंह – कुनै प्रकारको जोखिममा नलाग्दा उचित हुनेछ । स्वास्थयमा सचेत रहनु पर्ला । नियम कानुनलाई उपेक्षा गर्नु उचित हुनेछैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरु सँगको व्यवहारमा नम्रता राख्नु बेस रहला । चोरी ठगी विश्वासघातप्रति सचेत रहनुपर्नेछ । विवाद आदिप्रति सचेत रहनुपर्नेछ । भागदौड व्यस्तता चलिरहनेछ ।

कन्या – सुख–समृद्धि धन यश बढ्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याती फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख(समृद्धि पनि बढ्नेछ । अल्छी नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितीमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्व पुरस्कार पाउनुहुनेछ ।

वृश्चिक – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनकोलागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुनेछैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्र माथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आँखा चिम्लेर अरुमाथि भर पर्नु उचित हुनेछैन ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन–प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्वलाई पूरा गर्नु हुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखा पर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।