मावली गएकी बालिकाको चट्याङ लागेर मृत्यु

मावली गएकी बालिकाको चट्याङ लागेर मृत्यु


भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।

इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको हो । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने तयारी गरिएको बताइएको छ ।