मल अभावले किसान मारमा

मल अभावले किसान मारमा



विकास रौनियार,
धादिङ

लकडाउनले गर्दा धादिङ जिल्लामा रसायनिक मलको अभाव भएको छ । धान मकैको खेतीका लागि आवश्यक पर्ने बेलैमा हरेक वर्षझैँ यस वर्ष पनि रसायनिक मलको अभाव भएको स्थानीय किसानहरुले गुनासो गरेका छन् ।

डिएपी मल र युरियाको समेत चरम अभाव भएपछि जिल्लाका किसानहरु मर्कामा परेका छन्अ । अहिले धान खेतीको लागि नभइनहुने डिएपी मल जिल्लामा कतै नपाइएको किसानहरुको भनाई छ । डिएपीसँगै युरिया मल पनि सहज रुपमा पाउन नसकिएको पीडितहरुले बताएका छन्।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ३ का किसान राम माझी खेतीमा युरिया मल लगाउने समय भए पनि तीन सातायता बजारमा युरिया मल नपाएकाले चिन्ता बढेको बताउँछन् । जेठको पहिलो हप्तामा धान खेतीमा मल राख्नका लागि बजारमा युरिया मल किन्न गएकोमा कतै नभेटिएको गुनासो उनले गरे । धान खेतीमा पानी लगाएपछि डिएपी र युरिया मल लगाउनुपर्ने हुन्छ, तर बजारमा मल नपाइएकाले समस्या भएको माझीको भनाइ छ । उनकै जस्तो गुनासो अधिकांश कृषकहरुको रहेको छ ।

सरकारले कोरोनाभाइरसको संक्रमण नहोस् भनेर चैत ११ गतेदेखि लकडाउन गरेपछि बजर पूर्ण रुपमा ठप्प भएकाले मल किन्न नपाएको र आफूसहित हजारौँ किसान मारमा परेको दुःखेसो गर्दै माझीले यो समस्या समाधान का लागि स्थानीय सरकारी निकाय एवम् जनप्रतिनिधिहरु संवेदनशील हुन आग्रह गरे ।