पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग

पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग


नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा आयोजित एक कार्यक्रमबीच पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले सात सदस्यीय खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणसँगै लकडाउनका कारण समस्या परेका खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले सहयोग गरेका हुन् । नेपाली पारा तेक्वान्दोमा धेरै सफलता दिएका कुँवरले खेलाडीलाई जनही तीन हजार रुपैयाँ सहयोग गरेका थिए ।

अर्का प्रशिक्षक लामाले पनि सोही अवसरमा खेलाडीलाई १÷१ हजार थपिदिएका थिए । नेपाली पारा खेलकुदमा बाह्रै महिना प्रशिक्षण गर्ने खेलको रूपमा पारा तेक्वान्दो स्थापित छ ।

महामारी पैmलिएसँगै नेपालमा लकडाउन सुरु भएपश्चात् अन्य खेलजस्तै पारा तेक्वान्दो टोलीको प्रशिक्षण पनि प्रभावित भएको थियो । नेपाली टोलीले जापानमा आयोजना हुने पारालम्पिकको छनोटका लागि प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा तयारी गरेका थिए ।

साथै लामो समयको लकडाउनका कारण खेलाडीलाई समस्या परेका थिए । यसअघि नेपाल तेक्वान्दो पारा तेक्वान्दो कमिटीले पनि खेलाडीहरूलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेको थियो ।