भेनेजुएलाको राजधानी काराकसमा केही समयको अन्तरमा दुई ठूला भूकम्प गएका छन् । पहिलो ७.२ म्याग्निच्युडको र दोस्रो ७.५ म्याग्निच्युडको थियो भूकम्प गएको र भूकम्पका कारण ठूलो हताहत एवम् व्यापक क्षतिको आशंका गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार धेरै भवनहरू भत्किएका छन् भने मृत्यु हुनेको संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । भूकम्पको धक्का कोलम्बियासम्म महसुस गरिएको जनाइएको छ ।
भूकम्पको समयमा भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेकाले धेरै मानिसहरू घरमै रहेका थिए । स्थानीय समय अनुसार साँझ ६ः०४ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु काराकासको पश्चिममा रहेको मोन्टालबान क्षेत्र रहेको बताइएको छ ।
भेनेजुएलाको अन्य धेरै राज्यहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । भेनेजुएलाका आन्तरिक व्यवस्था मन्त्रीले देशका धेरै राज्यहरू प्रभावित भएको बताएका त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
भूकम्पबाट भएको धनजनको क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन ।
प्रतिक्रिया