समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता

समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता


ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

सलाम एयरले दिएको जानकारीअनुसार विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीहरू सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरी आवश्यक प्रक्रियापश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित देसका राजदुतावासबाट आवश्यक कार्यहरू अघि बढि नेपाल फर्किने काम प्रारम्भ भएको छ ।

एक विज्ञप्ति जारी गर्दै सलाम एयरले भनेको छ– ‘कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरूको हवाई टिकट ब्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुतावाससँगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । विपतको घडीमा ब्यवसायिक मुनाफाभन्दा पनि सेवाको भावनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदुत तथा राजदुतावाससँग आवद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रूपमा लिएका छन् ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिव डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको सो एयरसँग सहकार्य गर्दै आएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।