मास्टर्स कपमा नेपाललाई एक स्वर्ण र एक रजत

मास्टर्स कपमा नेपाललाई एक स्वर्ण र एक रजत


सदगुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्दि अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिईन् ।

यस्तै कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमानै खुम्चिए । ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरा संग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।

विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५, ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको थियो । च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।