अनिश्चित बन्दै टी–२० विश्वकप क्रिकेट

अनिश्चित बन्दै टी–२० विश्वकप क्रिकेट


कोरोना भाइरसको महामारीका कारण टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना अनिश्चित बनेको छ । गत साता बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वोर्ड बैठकले प्रतियोगिताको आयोजना सम्बन्धमा एक महिनापछि निर्णय गर्ने बताएपछि यस्तो आशङ्का बढेको हो ।

त्यस्तै, हालै अष्ट्रेलिया क्रिकेट बोर्डका चेयरम्यान अर्ल एन्डिग्सले कोरोना भाइरसको सन्त्रासमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्न नसकिने कुरालाई स्वीकार गरेका छन् । एन्डिग्सले यस्तो महामारीको समयमा प्रतियोगितामा सहभागी विश्वका १६ टीम आउन सक्ने कुरामा शंका व्यक्त गरेका छन् ।

टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आगामी अक्टोबर र नोभेम्बर महिनामा अष्टे«लियामा सञ्चालन हुने कार्यक्रम छ । अब एक महिनापछि बस्ने आइसीसीको बोर्ड वैठकले कस्तो निर्णय गर्छ त्यसैमा टी–२० हुने नहुने टुङ्गो लाग्नेछ ।