अन्तर्राष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण

अन्तर्राष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण


दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप कराते प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक जित्दै चौथो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ देखि १० तारिख सम्म आयोजना गरेको भर्चुअल प्रतिस्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

कोरोना भाइरस संक्रमणका कारण भौतिकरुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन We are far but united भन्ने मूल नाराका साथ प्रतियोगितामा आयोजना गरेको हो ।

काता र कुमुतेगरी दुई विधामा संचालन भएको प्रतियोगितामा सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेको थिए । यसको साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण जितेका थिए ।

प्रतियोगितामा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबहाक, दिव्या गौतम, सोनी राईले रजत पदक जितेका थिए । त्यस्तै जोन तामाङ्ग, सुलभ राजबहाक, सुरज राजबहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन काँश्य पदक जिते ।

दस दिनसम्म संचालन भएको प्रतियोगतिामा नेपाल सहित ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मारोक्को, बास्निया, इस्कोजिया, अल्जेरिया, न्यूजील्याण्ड र प्यालेस्टाइनका गरी कुल ३ सय १० खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा इन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकास राजबहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।