सिजी ब्राण्डको ‘कोभिड बिमा’ योजना

सिजी ब्राण्डको ‘कोभिड बिमा’ योजना


सिजी ब्राण्डले आफ्ना सबै ग्राहकको लागि कोरोना भाइरससँग सम्बन्धित ‘कोभिड बिमा योजना’ प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले CG LED TV तथा Home Appliances को खरिदमा एक लाख पचास हजार (१,५०,०००) सम्मको सुरक्षा पाउनेछन् ।

कम्पनीले जनाएअनुसार यो योजना सबै ‘स्टोर’का साथै अनलाइनमा पनि ३१ चैत्र, २०७७ सम्म लागू हुनेछ ।

सिजी ब्राण्डका सामाग्रीहरूमा यस्ता गुण छन् जसले घर, स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्दै किटाणुरहित जीवनयापन गर्न सहजता प्रदान गर्छ । कोभिड बिमा योजनाअनुरुप ग्राहकहरूले ५० हजार रुपैयाँ प्रतिव्यक्ति प्राप्त गर्ने बताइएको छ । यो योजना सिजीले कोरोना भाइरससँग लड्नको लागि र यस महामारीको समयमा आफ्ना ग्राहकको स्वास्थ्यप्रतिको चासोको रूपना पस्किएको कम्पनीको भनाई छ ।