खेलकुद पत्रकारलाई मास्क र सेनिटाइजर प्रदान

खेलकुद पत्रकारलाई मास्क र सेनिटाइजर प्रदान


कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरुलाई इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का टुर्नामेन्ट डाइरेक्टर दिवाकार महर्जनले मास्क र सेनिटाइजर सहयोग गरेका छन् ।

महर्जनकातर्फबाट (आईओएफटीसी)को हेल्पडेक्स नेपाल संयोजक रामचन्द्र ब्याञ्जनकारले नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई ५० थान केएन–९५ मास्क र ५० थान सेनिटाइजर हस्तान्तरण गरेका छन् ।

कोरोनाको महामारीबीच अग्रपंक्तिमा खटिरहेका पत्रकारहरुको सुरक्षार्थ मास्क र सेनिटाइजर उपलब्ध गराएको आईओएफटीसीका डाईरेक्टर दिवाकार महर्जनले बताए ।

‘कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न सकिन्छ । फ्रन्टलाइनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेको हुँ,’ महर्जनले भने ।

मञ्चका अध्यक्ष सुवेदीले महामारीबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।