प्रचण्डका गुरुलाई टेटेको जिम्मेवारी

प्रचण्डका गुरुलाई टेटेको जिम्मेवारी


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।

शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का टेबुलटेनिस खेलका प्रशिक्षक हुन् । उनी तत्कालिन माओवादीको कोटबाट राखेपको सदस्यमा नियुक्त भएका थिए ।

‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ’– राखेपका सदस्यसचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सदस्यसचिव सिलवालले असार १० गते सदस्य शाहीलाई पत्र हस्तान्तरण गरे । शाहीलाई प्रचण्डकै निर्देशनमा टेटेको जिम्मेवारी दिइएको स्रोतले जानकारी गराएको छ ।