चार वर्षअघि, अर्थात् सन् २०१६ मा बजारमा आएको एलजी इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरको विश्वव्यापी बिक्री यस महिनाभित्र १० लाख इकाई पुगेको एलजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ ।
ठूलो क्षमताको यो रेफ्रिजेरेटर लगभग १ सय ५० वटा देश र ६ महाद्वीपमा बिक्री भइरहेको र औषत ७ सय इकाई हरेक दिन बिक्री हुने हुँदा यस रेफ्रिजेरेटरले यही महिना १० लाख बिक्री हुने माइलस्टोन हिर्काएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार एल.जी. इलेक्ट्रोनिक्सको प्रिमियम इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर एक उन्नत पाक जीवनशैली वितरण गर्नको लागि डिजाइन गरिएको छ । स्टाइलिस सौन्दर्यशास्त्र र व्यवहारिक सुविधाहरूको गर्वका साथ विश्वका प्रतिष्ठित डिजाइन पुरस्कारहरू जस्तै– रेड डट डिजाइन पुरस्कार र आइएफ डिजाइन अवार्डबाट यो सम्मानित भएको पनि बताइएको छ ।
एलजी इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरको नाम फ्रिजको ढोकाबाट प्राप्त गर्दछ, जुन पारदर्शी विन्डोमा रुपान्तरण गर्न सकिन्छ । प्रयोगकर्ताले ढोका नखोली भित्र के छ भनी हेर्न मिल्नुका साथै चिसो हावा बाहिर निस्कन नदिने यसको खास विशेषता हो ।
ज्ञातव्य छ, एलजी इलेक्ट्रोनिक्सले उपयोगी आविष्कारहरूको माध्यमबाट आफ्ना ग्राहक वर्गको जीवनशैली सुखद पार्दै आएको छ ।
प्रतिक्रिया