पूर्वसदस्यसचिव राजबहादुर सिंहको निधन

पूर्वसदस्यसचिव राजबहादुर सिंहको निधन


राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव राजबहादुर सिंहको निधन भएको छ । ८८ वर्षीय सिंहको छाउनीस्थित निवासमा शनिबार निधन भएको नाति सुशील मल्लले जनाएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौँ सदस्यसचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिवको जिम्मेवारीमा थिए ।

स्व. सिंहको शनिबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमती, छोरी र दुई छोरा छन् ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।