आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असार २०७७ शनिबार, ११ जुलाई २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असार २०७७ शनिबार, ११ जुलाई २०२०)


■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४२ नेपाल सं. ११४० ग्रीष्म ऋतु वि.सं. २०७७ आषाढ २७ गते शनिबार तद्अनुसार सन् २०२० जुलाई ११ तारिख श्रावण कृष्णपक्ष षष्ठी तिथि १२ः५८ पर सप्तमी तिथि पूर्वाभाद्रपद नक्षत्र ५ः५९ पर उत्तराभाद्रपद सोभन योग भद्रा करण आनन्दादिमा काल योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । विश्व जनसंख्या दिवस ।

आजको राशिफल :

मेष – ग्रहगोचरको प्रभावस्वरुप कठोर मिहीनेत गर्नु पर्नेछ । बिघ्नबाधा बढ्ला । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । अलिक अप्ठ्यारो दिन हुनाले नियमकानूनलाइ विशेष ध्यानमा राख्नुपर्ला । भोगविलासमा प्रवृत्ति बढ्ला । विवादमा पर्नुबाट बच्नुहोला, जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर नपर्नु उचित होला ।

बृष – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । भागदौड भइरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।

कर्कट – मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । मान–सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर भेटिएला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।

तुला – कार्ममा सफलता मिल्नेछ । आफन्त सुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नु हुनेछ । ख्याति फैलिनेछ । रसराग गीत–संगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्ला । मनोकुलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसँगसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हितकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।

मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थान मूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ –
सुख आनन्द बढ्नेछ । यात्रा परक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौभाग्यमा वृद्धि हुनेछ । मान महत्वमा बढोत्तरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तान सुख बढ्ला ।