सदस्यसचिवका लागि उम्मेदवारी दिने रोशन पहिलो ब्यक्ति

सदस्यसचिवका लागि उम्मेदवारी दिने रोशन पहिलो ब्यक्ति


राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवका लागि शारीरिक सुगठनका रोशन महर्जनले निवेदन दर्ता गराएका छन् । उनी राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने पहिलो ब्यक्ति भएका छन् । उनले १ नं.मा निवेदन दर्ता गरेका छन् ।

खेलकुद विकास ऐन २०७७ लागु भई सदस्यसचिवका लागि निवेदन आव्हान गरेपश्चात उक्त पदका लागि उपयक्त उम्मेदवारका रुपमा महर्जनले प्रमुख दावेदार ठान्दै निवेदन दिएका हुन् ।

ललितपुर महानगरपालिका वडा नं. १७ निवासी महर्जन २०५० सालदेखि खेलकुद क्षेत्रमा लाग्दै आईरहेका ब्यक्तित्व हुन् । स्नातकोत्तर अध्ययन गरेका महर्जन दुई दशकदेखि सुचना प्रविधि र शिक्षा क्षेत्रसँग पनि आवद्ध छन् ।

नेपालकै सबैभन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरमा विगत १० वर्ष देखि कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा अहोरात्र खटिँदै आएका महर्जन कराते खेलबाट खेलकुदवाट भित्रिएका हुन् ।

तर स्वस्थ र वलिष्ठ शरीर बनाउने सोचका कारण महर्जनपछि शारीरिक सुगठनतर्फ आकर्षित भए । २०४८ सालदेखि फलाम उचाल्न थालेका महर्जनले २०५० सालमा पाटनको पहिलो जिम खाना नाइन प्वाइन्ट हेल्थ क्बलबाट औपचारिक रूपमा शारीरिक सुगठनका खेलाडी बन्न सफल भए । त्यसपछि शारीरिक सुगठनका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका उनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए ।

सदस्यसचिवको लागि निवेदन दर्ता गराएपछि महर्जनले भने– ‘यदि राजनीतिक हस्तक्षेप भएन र स्वतन्त्ररुपमा सदस्यसचिवको छनोट भयो भने आफु सदस्य सचिवमा छनोट हुने महर्जनले दाबी गरे । त्यो कुराको प्रमाण आफ्नो योग्यता पनि भएको खुलासा गरे ।

२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाइसेन्स लिएका महर्जनले इन्टरनेशनल फेडेरेशन अफ बडिबिल्डिङ्ग अन्तर्गतको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।

हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष समेत रहेका छन् । महर्जनले आफु सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकास गर्ने अवधारण प्रस्तुत गरेका छन् ।