पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरू हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको स्पष्ट गरेको छ ।
कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गरेका छन् ।
नेपाल–भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागिपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ । यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको छ ।
प्रतिक्रिया