कोरोना महामारीका कारण बक्सिङ प्रतियोगिता स्थगित

कोरोना महामारीका कारण बक्सिङ प्रतियोगिता स्थगित


स्व. गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेसनले अयोजना गर्दै आएको ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता’को २०७६ सालको संस्करण स्थगित गरेको छ ।

प्रतियोगिता २०७६ साल चैत्र १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भए पनि कोरोना भाइरसको महामारीले गर्दा प्रतियोगिता स्थगित गरिएको फाउण्डेसनका संयोजक संयोजक सञ्जीव तुलाधरले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

प्रतियोगिताको आयोजनाका लागि कोरोना भाइरसको माहामारी शुरु अवागै विभिन्न प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भैसकेका थिए । जस्मा प्रदेश १, २ र बाग्मतिको प्रदेशको छनोट सम्पन्न भएको फाउण्डेसनले जानकारी गराएको छ ।

प्रदेश १ को छनोट गत फागुन १५ देखि १७ गतेसम्म विराटनगर र प्रदेश २ र बाग्मति प्रदेशको छनोट फागुन २० देखिसम्म काठमाडौंमा आयोजना भएको थियो ।

कोरोना माहामारीको प्रतिकुलतासँगै राष्ट्रिय खेलकुद परिषदले आर्थिक बर्ष समाप्त भएको भन्दै प्रतियोगिताको नाममा निकासा भएको रकम फिर्ता गर्न ताकेता गरेपछि प्रतियोगिता नै स्थगित गर्नु परेको संयोजक तुलाधरले जनाएका छन् ।

प्रतियोगितामा प्रत्येक तौल समुहका विजेता खेलाडीलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार ५ सयको नगद पुरस्कारको व्यवस्था गरिएको थियो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीलाई मोेटर साईकल र महिलालाई स्कुटर प्रदान गरिने कार्यक्रम थियो ।