आइसीसीले गऱ्यो टी–२० क्रिकेट स्थगित, अष्ट्रेलियाद्वारा स्वागत

आइसीसीले गऱ्यो टी–२० क्रिकेट स्थगित, अष्ट्रेलियाद्वारा स्वागत


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) कोभिड–१९ को माहामारीका कारण टी–२० विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको छ । टी–२० विश्वकप क्रिकेट आउँदो १८ ओक्टुबरदेखि १५ नोभेम्बरसम्म अष्ट्रेलियामा आयोेजना हुँदै थियो ।

आईसीसीको यो निर्णयलाई आयोजक क्रिकेट अष्ट्रेलियाले स्वागत गरेको छ । क्रिकेट अष्ट्रेलियाका अन्तरिम मुख्य कार्यकारी निक हाक्लेले आइसीसीको फैसलामा सहमति जनाउँदै यो फैसला खेलाडी, पदाधिकारी र क्रिकेटप्रेमीको लागि सकारात्मक भएको टिप्पणी गरेका छन् । सवैको सुरक्षामा ध्यानमा राखेर आईसीसीले गरेको फैसला प्रशंसनीय भएको हाक्लेले बताए ।

साथै यो परिस्थितिमा १६ राष्ट्रका टीमहरुलाई सम्हाल्नु आफैमा चुनौंति भएको बताउँदै हाक्लेले भने– आईसीसीले स्थगित गर्ने जुन निर्णय गऱ्यो, त्यो सहि गऱ्यो ।’ त्यस्तै जव टी–२० विश्वकप आयोजनाको नयाँ मिति घोषणा हुनेछ त्यो बेला अष्ट्रेलियाको आयोजना जिम्मेवारी पाउने पनि खुलासा गरे ।

आगामी टी–२० विश्वकप भारतमा आयोजना हुने पक्कापक्की भैसकेको अवस्थामा अव उक्त जिम्मेवारी भारत या अष्ट्रेलिया कुन पाउँछ त्यो प्रतिक्षाको विषय बनेको छ ।