राम लक्ष्मणको चित्र भएको एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

राम लक्ष्मणको चित्र भएको एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै


नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले मंगलबार (६ साउन) एक सूचना जारी गर्दै नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नयाँ नोटमा साबिकको हात्तीको तस्बिरभन्दा नयाँ हात्तीको तस्बिर राख्न लागिएको जानकारी दिँदै बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

यही साउन ७ गते बुधबारदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।