ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा तीन दिनमै उपलब्ध हुने

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा तीन दिनमै उपलब्ध हुने


ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्बजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवम् सहज रूपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।

कर्जा लिन चाहनेले आवश्यक कागजातहरू बैंकमा पेश गरेको तीन दिनभित्र विनाझन्झट कर्जा प्राप्त गर्न सक्ने छन् । ग्राहकले नेपालभर फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि देखि १ करोडसम्म कर्जा उपलब्ध गराइने बैंको प्रतिबद्धता छ ।