नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा ३८औँ बीपी स्मृति दिवस सम्पन्न

नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा ३८औँ बीपी स्मृति दिवस सम्पन्न


घटना र विचार विषेश प्रतिनिधि

नेपाली राजनीतिका शिखर पुरुष, महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा बीपी र समाजवाद विषयक एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीबाट आक्रान्त बनेको विश्व समुदाय विस्तारै सहज बन्दै गइरहेको अवस्थामा पुनः विश्वका विभिन्न मुलुकलगायत बेल्जियममा समेत बढ्दै गइरहेको कोरोना महामारीको सन्त्रास र यहाँको सरकार, नगरपालिकाले दिएको मापदण्डमा रही कार्यक्रम गर्न भौतिक रुपमा असम्भव भएकाले प्रविधिलाई प्रयोग गर्दै जुम मिटिङद्वारा बीपी कोइरालालाई स्मरण गरेका थिए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको सभापतित्व र संस्थापक अध्यक्ष ध्रुव पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष इन्द्र क्षत्री पकवान, निवर्तमान अध्यक्ष सुभाष जोसी सन्तोषको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष नरहरि सापकोटाले सञ्चालन गर्नुभएको थियो भने नेपाली जनसम्पर्क समिति बेल्जियमका पदाधिकारी तथा सल्लाहकार र समितिका साथीहरुले बीपी, समाजवाद र वर्तमान नेतृत्व र कांग्रेसको आगामी बाटोको बारेमा आ आफ्ना विचार ब्यक्त गर्दै महामानव बीपी कोइरालाको स्मृतिमा उहाँप्रति हार्दिक श्रदाञ्जली अर्पण गरेका थिए।

जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष इन्द्र क्षेत्री पकवानले, नेपाली कांग्रेसले बीपीले देखाएको बाटोलाई कुल्चिसकेको, एजेन्डा तथा सिदान्तलाई कम्युनिष्टसँग साटिसकेको साथै नयाँ नेतृत्व निर्माणमा ध्यान नदिएको, पार्टी एक गुटले मात्र चलाएको देखिएको हुँदा हिजोको नेपाली कांग्रेस आज नरहेको साथै वर्तमान सभापति शेरबहादुर देउवा पार्टी नेतृत्वमा रहाँदासम्म नेपाली कांग्रेसले प्रगति गर्न नसक्ने, अब आउने महाधिवेशनमा देउवागुटलाई सिध्याएर गुटविहीन नेपाली कांग्रेस निर्माण गर्नुपर्ने चर्चा गर्दै महामानवलाई सम्झेर मात्र नपुग्ने साथै महामानव बीपीले देखिएको बाटोमा हिँड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार ब्यक्त गर्नुभयो।

कार्यक्रममा सभापति सापकोटा वर्तमान नेपाली कांग्रेस बीपीले देखाएको बाटोबाट विचलित बनेको देखिएको साथै बीपीले देखाएको मार्गबाट कांग्रेसले बिचलित भएको खण्डमा संगठन लाइ ठुलो नोस्सानी बेहोर्नु पर्ने भन्दै नेपाली कांग्रेस, नेपाली जनताको लामो बलिदानीबाट निर्माण भएर आजको दिनसम्म आइसकेको अविचलित बन्दै बिपीको मार्गमा हिाँड्नु पर्ने विचार ब्यक्त गर्नुभयो भने कोरना महामारीका कारण यो वर्ष प्रत्येक्ष बीपी जयन्ति मनाउन नसकेता पनि भर्चुअल तवरले नै सही मनाउन पाएकोमा खुशी ब्यक्त गर्दै सहभागीहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।