नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल सिजीले आफ्नो आधिकारिक वेबसाइट
उक्त वेबसाइटमा उपभोक्ताले आफूले खरिद गर्ने सामानको विशेषतादेखि लिएर वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्ने छन् ।
वेबसाइटमा सिजी ब्राण्डमा रहेका एलइडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राइसकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी जस्ता सम्पूर्ण घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको कम्पनीको भनाई छ ।
यसमा रहेको सर्पोट सेक्सनमा ग्राहकहरूले आफ्नो समस्या र वारेण्टी आदिको दाबी दर्ता गर्नुका साथै सोको अवस्था वेबसाइटबाट नै हेर्न सकिने छ । साथै ग्राहकको सुविधाको लागि यस वेबसाइटमा सिजीका सर्भिस सेन्टरहरूको स्थान र सम्पर्क नं. पनि राखिएको छ ।
यसमा भएको स्टोर सेक्सनबाट ग्राहकले आफ्नो नजिकमा रहेको शोरुम पनि सजिलै पत्ता लगाउन र सम्पर्कसमेत गर्न सक्ने छन् । विभिन्न अवसरमा कम्पनीले ल्याउने अफर तथा छुटको बारेमा पनि जानकारी दिने काम यो वेबसाइटमा हुनेछ ।
वर्तमान अवस्थामा फैलिएको कोभिड–१९ भाइरसबाट टाढै रही घरमै बसेर आफूले चाहेको सामानहरूको पूर्ण जानकारी लिई बुकिङ र खरिद समेत गर्न सकिने बताइएको छ ।
सिजी ब्राण्डले सम्पूर्ण ग्राहकहरूको जीवनशैलीलाई सरल र सहज बनाउने लक्ष्यका साथ तयार गरेको यो वेबसाइटबाट सम्पूर्ण सरोकारवाला लाभान्वित हुने विश्वास कम्पनीले राखेको छ ।
प्रतिक्रिया