■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
वर्षा ऋतु श्रीशाके १९४२ नेपाल सम्वत् ११४० वि.सं. २०७७ भाद्र ३ गते बुधबार तद्अनसार सन् २०२० अगस्त १९ तारिख भाद्र कृष्णपक्ष अमावश्या तिथि ८ः९ पर भाद्र शुक्लपक्ष प्रतिपदा तिथि मघा नक्षत्र परिघ योग किंस्तुघ्न करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । कुशेऔंसी, बाबुको मुख हेर्ने दिन, गोकर्णस्नान ।
आजको राशिफल
मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ ।
बृष – नयाँ सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख आनन्द प्राप्त होला । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । व्यस्तता बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक सुख शान्ति बढ्ला ।
मिथुन – मिठो भोजन प्राप्त होला । शुभ काममा आकर्षण बढ्नेछ । यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । आरोग्यता बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घर–परिवारको स्थिति सुखद रहला । मान प्रसिद्धि बढ्नेछ ।
कर्कट – खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । जोखिममा नपर्नु होला ।
सिंह – आयवर्द्धक कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । आयवर्द्धक काम बन्ला । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख–सुविधा बढ्नेछ ।
कन्या – यात्रापरक काममा रुचि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्त्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
तुला – आयमूलक कर्ममा रुचि बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्त सुख मिल्नेछ ।
वृश्चिक – रोकिएको काम बन्ला । नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । समयबाट बढी फाइदा लिनु हितकर रहला । राजकाजमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । बिबाद आदिमा नपर्नु हितकर रहला । अरुको भर नपर्नु बेस होला ।
धनु – समयले साथ दिनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मान पुरस्कार मिल्नेछ ।
मकर – साहसिक काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र तथा सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । शुभ समाचार मिल्नेछ । मान–महत्व बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।
कुम्भ – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनु हुनेछ । आंट उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुनेछैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको सहयोगमा कमी आउने छैन ।
मीन – विकासको नयाँ सम्भावना देखापर्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । मान महत्त्वमा वृद्धि हुनेछ । आशा उत्साह जाग्नेछ । आँट साहस बढ्नेछ । धैर्यले काम लिनु हितकर रहला । हासविलासमा आकर्षण होला । यात्रामा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
प्रतिक्रिया