■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्रीशाके १९४२ नेपाल सं. ११४०वर्षा ऋतु वि.सं. २०७७ भाद्र १० गते बुधबार तद्अनुसार सन् २०२० अगस्त २६ तारिख भाद्र शुक्लपक्ष अष्टमी तिथि अनुराधा नक्षत्र वैधृति योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ मा हुनेछ । बुधाष्टमीव्रत, दुर्वाष्टमी, गौरापर्व, गोरखकाली पूजाको, कायअष्टमी, राधाजीको जन्मोत्सव, कागेश्वरमेला, थकाली फालोपर्व, ल.पु. दशमहाविद्या पूजा ।
आजको राशिफल :
मेष – ग्रहगोचरको प्रभावस्वरुप कठोर मिहीनेत गर्नुपर्ने छ । बिघ्नबाधा बढ्ला । शैक्षिक र रचनात्मक काममा आन्शिक प्रगति मिल्नेछ । नियमकानूनलाई विशेष रूपले ध्यानमा राख्नुहोला । भोगविलासमा प्रवृति बढ्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला ।
बृष – आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्त सुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । भागदौड भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बलविवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।
कर्कट – मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीत–संगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।
सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।
कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।
तुला – कार्ममा सफलता मिल्नेछ । आफन्त सुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नु हुनेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
वृश्चिक – शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्व पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसँगसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।
धनु – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हितकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।
मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थान मूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।
कुम्भ – सुख आनन्द बढ्नेछ । यात्रा परक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।
मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा वृद्धि हुनेछ । मान महत्वमा बढोतरी हुनेछ । लगानी उठला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
प्रतिक्रिया