आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०७७ शुक्रबार, २८ अगस्ट २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०७७ शुक्रबार, २८ अगस्ट २०२०)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ नेपाल सं.११४० वर्षा ऋतु प्रमादीनामक संवत्सर वि.सं. २०७७ भाद्र १२ गते तद् अनुसार सन् २०२० अगस्त २८ तारिख शुक्रबार भाद्र शुक्लपक्ष दशमी तिथि १०ः५१ पर एकादशी तिथि मूल नक्षत्र प्रीति योग वणि करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ ।

आजको राशिफल

मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।

बृष – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आंट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

मिथुन – भागदौड व्यस्तता बढ्ला । जोखिममा नपर्नु बेस होला । सोचीविचारी काम गर्नु पर्ला । आशा उत्साह बढ्ला, नयाँ काममा सफलता मिल्नेछ ।

कर्कट – मान पुरस्कार मिल्नेछ । आय वृद्धि होला । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । आंट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । रसरागमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आरोग्यता वृद्धि होला ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकल्षण बढ्ला ।

तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ भेटिएला । मिठो भोजन मिल्नेछ ।

धनु – धर्म कर्ममा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सुख सन्तति बढ्नेछन् ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।