प्रभु बैंकद्वारा प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान

प्रभु बैंकद्वारा प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान


प्रभु बैंक लि. कोटेश्वर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी प्रभाग कोटेश्वर वृत्तलाई एक थान स्मार्ट टेलिभिजन प्रदान गरेको छ ।

समाजमा घट्ने विविध घटनाहरु न्यूनीकरण कार्यमा सघाउ पुऱ्याउन सहयोग हुने सिसिटिभीको लागि प्रयोग हुने एक थान स्मार्ट टेलिभिजन महानगरीय प्रहरी प्रभाग कोटेश्वर वृत्तका प्रमुख राजन लामालाई प्रहरी परिसरमा उपस्थित भई बैंकका शाखाप्रमुख सुवीर घलेले हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वृत्त प्रमुख लामाले सामाजिक कार्यप्रति चासो देखाएर बैंकले गरेको सहयोगको लागि धन्यवाद दिए भने दाताका तर्फबाट शााखाप्रमुख घलेले यस किसिमको सहयोग प्रभु बैंकले गर्दै आएको र भविष्यमा पनि गरिरहने जानकारी गराए ।