नेपाली सेनाका एक जवानले आफू कार्यरत जंगी अड्डामै आत्महत्या गरेका छन् ।
जंगी अड्डामा कार्यरत तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आइतबार बिहान करिव पौने तीन बजे आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।
यसबारे मृतक जवानका आफन्तजनलाई जानकारी गराइएको र आवश्यक अनुसन्धान कार्य पनि शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
बताइएअनुसार नेपाली सेनाको स्थायी कार्यविधिबमोजिम सैनिक प्रहरीसमेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र सो घटनासम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।
प्रतिक्रिया