आत्मदाह प्रयासपछि घाइते भएका चौधरीको मृत्यु

आत्मदाह प्रयासपछि घाइते भएका चौधरीको मृत्यु


आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आज (११ साउन) मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भउका थिए । उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए । त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उनलाई सिधै काठमाडौं लग्ने निर्णय गरेका थिए ।

त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।