नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा (सूचीसहित)


नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले सरवाबारे सार्वजनिक जानकारी गराएको हो ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागबाट जारी सूचनाका अनुसार केही जिल्लामा प्रहरी नायब उपरीक्षक प्रमुख हुने प्रहरी कार्यालयका डीएसपीहरु पनि परिवर्तन गरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।

कालिमाटी वृत्तमा अपिलराज बोहोरा सरुवा भएका छन् । बोहोरा नेपाल प्रहरीभित्र लागुऔषध सम्बन्धी विधामा राम्रो दख्खल राख्ने अधिकृत हुन् भने यसभन्दा पहिला सिंहदरबार वृतको नेतृत्व पनि गरिसकेका अधिकृत हुन्।

यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरमा दीपक भारतीलाई खटाइएको छ भने पूर्णिमा कुमारी चन्दलाई महानगरीय अपराध महाशाखा टेकुमा जिम्मेवारी दिइएको छ ।

को कहाँ खटाइए, हेर्नुहोस् तलको सूची-
dsp_saruwa-2077-05-15