नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार (१५ भदौ)सम्म देशभर कुल ३९ हजार ४ सय ६० संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा एक सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् ।
यसै अवधिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शोभाखर चापागाइँको कोरोना सङ्क्रमणबाट निधन भएको छ । श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उचारका क्रममा आज (१५ भदौ) बिहान उनकोे निधन भएको अस्पतालले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ उनमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए ।
प्रतिक्रिया