मंगलबार नेपालमा थपिए १०६९ कोरोना संक्रमित, देशभरको संख्या ४०,५२९

मंगलबार नेपालमा थपिए १०६९ कोरोना संक्रमित, देशभरको संख्या ४०,५२९


पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

मंगलबार (१६ भदौ) काठमाडौं उपत्यकामा मात्र ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुर ५८ जना संक्रमित थपिएका छन् ।

मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका र यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ । देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेको छ।

यतिबेला देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन् ।

यसक्रममा कोरोना सङ्क्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।