कोरोना भाइरसको संक्रमण पछिल्लो चरणमा बढेको सर्वत्र अनुभूति गरिँदै छ । यस क्रममा बुधबार (१७ भदौ) थप १,१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ४१,६४९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया