चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु, नेपालभर मृतक संख्या २५२

चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु, नेपालभर मृतक संख्या २५२


चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको हो ।

योसँगै चितवनमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १–१ जनाको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा चितवनमा मृत्यु भएको हो ।

चितवनमा भएको पछिल्लो मृत्युसँगै नेपालभर कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या २५२ पुगेको छ ।

कोरोना भाइरसको कारणले बुधबार (१७ भदौ) एकै दिन १२ जनाको निधन भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगल र बुधबारको २४ घण्टा अवधिमा ६ महिला र ६ पुरुषको सङ्क्रमणको कारणले निधन भएको बुधबार जानकारी गराएको थियो ।

बताइएअनुसार मङ्गलबार र बुधबार बिहानसम्ममा ११ जना सङ्क्रमणबाट निधन भएका थिए । सङ्क्रमणबाट निधन हुनेमा चितवनका ५५ रु १८, काठमाडाँंका ८९, ललितपुरका ७०, तनँहुका २० र कपिलवस्तुका ६० वर्षीया महिला रहेका छन् । यस्तै बाराका ९७, चितवनका ६५, भक्तपुरका ४०, काठमाडौँका ७० र ७५ र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने सङ्क्रमितमध्ये ०.६ प्रतिशत हो ।