नेपालमा कुल कोरोनासंक्रमित संख्या ४२,८७७

नेपालमा कुल कोरोनासंक्रमित संख्या ४२,८७७


नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

काठमाडौं उपत्यकामा मात्र ४४५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बताइएअनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्हा भने हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परीक्षण भएको छ ।

यसै क्रममा बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् ।

उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखी उपचार गरिएको थियो । योसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।