धादिङमा मृत्यु भएका रसुवाका २९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि

धादिङमा मृत्यु भएका रसुवाका २९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि


विकास रौनियार, धादिङ

धादिङमा मृत्यु भएका रसुवाका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गल्छी गाउँपालिकाको बैरेनी बजारमा अशक्त भई ढलेका २९ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

चितवनबाट रसुवाको गोसाइँकुण्ड–६ मा रहेको घर जानलाई आएका ती युवक गल्छी बजारमै अशक्त भइ ढलेका थिए । भदौ १४ गते उद्धारका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गर्न ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए ।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार मृतकको शव व्यवस्थापन गरेको जानकारी उनले दिए ।