नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४,२३६, मृतक संख्या २७१

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४,२३६, मृतक संख्या २७१


पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ५९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार (१९ भदौ) सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएको बताइएको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने पछिल्ला व्यक्तिहरुमा चार महिला र १० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ५२ वर्षीया महिला, सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ।

यसैगरी शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेको जानकारी दिइएको छ।