बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार (२० भदौ) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
सो अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।
ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुवैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।
यससँगै नेपालमा कोरोना भाइरसका कारण जीवन गुमाउने व्यक्ति २ सय ७३ पुगेका छन् ।
प्रतिक्रिया