नेपालमा कोभिड-१९ संक्रमित ४५ हजार नाघ्यो

नेपालमा कोभिड-१९ संक्रमित ४५ हजार नाघ्यो


नेपालमा कोभिड-१९ संक्रमितको कुल संख्या ४५ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा शनिबार (२० भदौ)मा जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शनिबार थप ४ सय ८ जना संक्रमित थपिएका छन्का । काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना कोभिड-१९ का बिरामी थपिएका हुन् ।

शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । बताइएअनुसार हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।